✅Introduction of BIMSTEC । बिम्सटेकको परिचय - पढ्ने पाना

Latest courses

{getFeatured} $results={5} $label={recent}

नयाँ

Post Top Ad

Your Ad Spot

2025/01/23

✅Introduction of BIMSTEC । बिम्सटेकको परिचय

बिम्स्टेकको चौथो शिखर सम्मेलन

सम्मेलन सन् २०१८ अगस्ट ३०–३१ सम्म भएको ।

काठमाडौंमा भएको सो सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी
गरेको ।

सम्मेलनमा बिम्स्टेक ग्रिड इन्टरकनेक्सनमा हस्ताक्षर भएको जसले बिम्स्टेकका सदस्यबीच ऊर्जा आदानप्रदानको बाटो खुलाएको छ ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलकांका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई अध्यक्षता हस्तान्तरण गरेका थिए ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलकांका राष्ट्रपति मैत्रीपाला सिरीसेना र थाइल्याण्डकी राष्ट्रपति जनरल प्रयुत चान ओचा सहभागी भएका थिए ।

बिम्स्टेकको पाँचौ शिखर सम्मेलन श्रीलकांमा हुनेछ ।

बिम्स्टेकका हालका महासचिव एम साहिदुल इस्लाम हुन् ।

उनले सन् २०१७ को सेप्टेम्बरदेखि कार्यभार सम्हालेका छन् ।

महासचिवको कार्यकाल तीन वर्षको हुन्छ ।

प्रथम महासचिव : सुमथ नाकनदाला (श्रीलंका)

प्रथम शिखर सम्मेलन : सन् २००४ जुलाई ३१, थाइल्याण्ड

दोस्रो शिखर सम्मेलन : सन् २००८ नोभेम्बर १३, भारत

तेस्रो शिखर सम्मेलन : सन् २०१४ मार्च १–४, म्यानमार

तेस्रो शिखर सम्मेलनले श्रीलंकाका नाकनदालालाई यसको प्रथम महासचिवको रूपमा अनुमोदन गरेको थियो ।

बिम्स्टेकको सचिवालय बंगलादेशको ढाकामा रहेको छ ।

बिम्स्टेकका सहयोगका क्षेत्रहरू १४ रहेका छन् ।

बिम्स्टेकका १४ सहयोग क्षेत्रमध्ये नेपालले गरिबी निवारण क्षेत्रको नेतृत्व गरेको छ ।

नेपालले बिम्स्टेकको सदस्यता सन् २००४ जुलाई ३१ मा लिएको हो ।

बिम्सटेक (अङ्ग्रेजीः Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC); नेपालीः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) बङ्गालको खाडीका नजिकका तथा यसको उपभोगकर्ता दक्षिण एसियाली तथा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको प्राविधिक तथा आर्थिक सहयोग सङ्गठन हो । यसका सदस्य राष्ट्रहरूमा नेपाल, भारत, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड, भुटान र बङ्गलादेश पर्छन । BISTNMB

०६ जुन १९९७ मा थाइल्याण्डको बैङ्ककमा बिस्टेक (बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्ड आर्थिक सहयोग) नामक एक समूह गठन भयो । २२ डिसेम्बर १९९७ मा म्यानमार पनि यस समुहको सदस्य राष्ट्र भएपछी यसको नाम परिवर्तन भई बिम्सटेक (बङ्गलादेश, भारत, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड आर्थिक सहयोग) भयो । फेब्रुअरी २००४ मा नेपाल र भुटान पनि यस समुहको सदस्य राष्ट्र भए । ३१ जुलाई २००४ मा बैङ्ककमा यसको पहिलो सम्मेलनमा यसको नाम परिवर्तन गरी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) बनाइयो ।

इसं २०१४ मा बङ्गलादेशको ढाकामा यसको स्थायी सचिवालय स्थापना गरियो ।

म्बर

            मिति

आयोजक राष्ट्र सम्मेलन भएको सहर

प्रथम

३१ जुलाई २००४

 थाइल्यान्ड बैङ्कक

द्वितीय 

१३ नोभेम्बर २००८

भारत नयाँ दिल्ली

तृतीय

४ मार्च २०१४

  म्यामार नेपिडा

चौथो

३० ३१ अगस्ट २०१८           

  नेपाल काठमाडौँ

पाँचौ

३० मार्च २०२२

 श्रीलङ्का कोलम्बो

                                                संकलक- शिक्षक लक्ष्मीप्रसाद जोशी

 


No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot