✡️IEMIS मा अपाङ्गता भएका बालबालिकाहरुको प्रारम्भिक पहिचान फाराम तथा सामग्रीहरु । - पढ्ने पाना

Latest courses

{getFeatured} $results={5} $label={recent}

नयाँ

Post Top Ad

Your Ad Spot

2025/01/01

✡️IEMIS मा अपाङ्गता भएका बालबालिकाहरुको प्रारम्भिक पहिचान फाराम तथा सामग्रीहरु ।

 IEMIS मार्फत अपाङ्गता भएका बालबालिकाहरु कसरी पहिचान गर्ने ?


• प्रारम्भिक बाल विकास देखि कक्षा ३ सम्मका लागि इमिसमा प्रश्नहरु तयार पारिएका छन् । 

• यो कक्षागत भन्दा पनि उमेर समुहका आधारमा प्रश्नहरु सोध्नुपर्ने छ ।
• २-४ बर्ष उमेर समुहका लागि १६ ओटा र ५ देखि १७ बर्ष उमेर समुहका लागि २४ ओटा राखिएका छन् । 
• प्रश्नहरु र प्रश्नका विकल्पहरु समान छैनन् ।
• सबै प्रश्नहरुको विकल्पहरु मध्ये एक विकाल्प मात्रै छान्न पाइने व्यवस्था छ ।
• सबै प्रश्नको उत्तरमा टिक लगाउनु पर्दैन जस्तै प्रश्न नं. १ मा लगाउछन् मा टिक लगाएपछि २ मा पनि टिक लगाउने तर ३ मा टिक लगाउनु पर्दैन तर लगाउदैननमा टिक लगाउदा  २ लाइ छोडेर प्रश्न नं. ३ मात्रैका विकल्पमा टिक लगाउने व्यवस्था छ । यसै प्रकारले सबै प्रश्नहरुमा गर्दै जानुपर्छ ।
• कक्षा १-३ मा अध्ययनरत एउटा स्वस्थ बालबाबालिकाको हकमा २४ मध्ये १७ ओटा मात्रै प्रश्नको जवाफ दिदा पुग्छ । कुनै समस्या बालकको हकमा सबै प्रश्नहरुका विकाल्पमा पनि टिक लाउनुपर्ने हुन सक्छ ।
• ५ बर्ष मुनिको हकमा १६ मध्ये १२ ओटा मात्रै प्रश्नको जवाफ दिदा पुग्छ । कुनै समस्या बालकको हकमा सबै प्रश्नहरुका विकाल्पमा पनि टिक लाउनुपर्ने हुनसक्छ ।
• यहाँ ५ बर्ष भन्दा तलका १६ प्रश्न विशेष गरि ECD/PPC मा सोध्नुपर्ने हुनसक्छ भने २४ प्रश्न कक्षा १ माथिलाइ सोध्नुपर्ने हुन सक्छ । उमेरगत आधारमा भएकाले ECD/PPC मा पनि २४ प्रश्न सोध्नुपर्ने हुन सक्छ ।
IEMIS मा Disability DMS को व्यवस्था
कुनै बालबालिका वा व्यक्तिको मानसिक र शारीरिक विकासमा समस्या हुने सम्भावना पहिचान गर्ने प्रक्रिया Early Screening हो । यसमा, मानसिक स्वास्थ्य र शारीरिक अवस्थाको प्रारम्भिक मूल्याङ्कन गरेर समस्या पहिचान गर्न मद्दत पुगोस् भनेर IEMIS मा Early Screening यसको व्यवस्था गरिएको छ ।
इमिसमा Disability संग सम्बन्धित विभिन्न मेनुहरुको छोटो परिचय
Disability DMS (Disability Management System)
यो प्रणाली अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित जानकारीको व्यवस्थापन र पहिचान गर्ने एक प्रणाली हो । यसले अपाङ्गता भएका व्यक्तिहरूको तथ्यांक सङ्कलन, रिपोर्टिङ, र उपचार व्यवस्थापनमा मद्दत गर्दछ ।
1. Early Screening (प्रारम्भिक जाँच)
प्रारम्भिक जाँच भनेको कुनै व्यक्तिको विकलांगता/ अपाङ्गता वा विकासात्मक समस्या पहिचान गर्नका लागि गरिने प्रारम्भिक मूल्याङ्कन हो । यसमा बालबालिकाको शारीरिक र मानसिक विकासको मूल्याङ्कन गरेर समस्याको पहिचान गर्ने प्रयास गरिन्छ ।
हामी अहिलेका लागि प्रारम्भिक बाल विकास देखि कक्षा ३ सम्मका सबै बालबालिकाको पहिचानका लागि उमेरका आधारमा इमिसमा दिइएका प्रश्नहरु बालबालिकाहरुलाइ वा अध्यापनरत शिक्षकलाइ सोधेर प्राप्त उत्तरलाइ अभिलेख राख्न इमिसमा अपडेट गर्ने छौँ । यो मेनुमा अपडेट गरेपछि अन्य मेनुहरुमा अभिलेख अनुसार विवरण देखिने छ ।
2. Suspected Impairment (सन्देहास्पद विकलांगता/शंकास्पद अपाङ्गता/हानी वा कुनै प्रकारको अपाङ्गता हुनसक्ने आशंका)
सन्देहास्पद विकलांगता भनेको यस्तो अवस्था हो जसमा कुनै व्यक्तिमा विकलांगत/ अपाङ्गता वा शारीरिक/मानसिक समस्या हुने सम्भावना देखिन्छ तर अझै पुष्टि गरिएको छैन । यस अवस्थामा, थप मूल्याङ्कन र जाँच आवश्यक हुन्छ ।
3.Add Assistive Products (सहायक उपकरण थप्नुहोस्)
सहायक उपकरण थप्नु भनेको विकलांगता/अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्नका लागि आवश्यक उपकरणहरू र सामग्रीहरुमा टिक लगाउनु पर्ने छ । एक वा एक भन्दा बढी सामग्रीहरु पनि छान्न पाइने व्यवस्था छ ।
4. ERS (Early Screening Report) - प्रारम्भिक जाँच रिपोर्ट
 यो रिपोर्टमा प्रारम्भिक जाँचको परिणाम हो जसमा बालबालिकाको विकलांगता/अपाङ्गता वा विकासात्मक समस्याहरूको पहिचान गरिएको हुन्छ । कुन प्रकारको अपाङ्गता छ पुर्ण अशक्त, अति अशक्त, मध्यम र सामान्य अपाङ्गता कुन कक्षाका कति जना र कुन कुन कुन बालबालिका परे भनेर हेर्नका लागि व्यवस्था गरिएको छ । 
5. Assistive Product Report (सहायक उपकरण रिपोर्ट)
यो रिपोर्ट सहायक उपकरणहरूको सूची र तिनीहरूको आवश्यकताका बारेमा जानकारी समावेश गर्दछ । यसमा विकलांगता/अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रदान गरिएका उपकरणहरूको विवरणको नतिजा देखिन्छ । 
6. Disability Report (विकलांगता रिपोर्ट)
विकलांगता/अपाङ्गता रिपोर्टमा विकलांगता/अपाङ्गता भएका व्यक्तिहरूको समग्र स्थिति सारांस देखाउछ ।
डाउनलोड बटनमा क्लिक गरेर फाराम प्राप्त गर्नुहुनेछ । फाराम अफलाइनमा भरेर अनलाइनमा हुदा IEMIS  मा अपाङ्गताको विवरण भर्न सहज हुने छ ।
----------------------------------------------------------------------------------------
---------------------------------------------------------------------------------------

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot