✅डकुमेन्ट, सूचना, बिज्ञापन आदि सामाजिक सञ्जालमा राख्दा वा पठाउदा ध्यानदिनुपर्ने कुराहरु - पढ्ने पाना

Latest courses

{getFeatured} $results={5} $label={recent}

नयाँ

Post Top Ad

Your Ad Spot

2024/12/29

✅डकुमेन्ट, सूचना, बिज्ञापन आदि सामाजिक सञ्जालमा राख्दा वा पठाउदा ध्यानदिनुपर्ने कुराहरु

 

डकुमेन्ट, सूचना, विज्ञापन वा अन्य अफिसियल सामग्रीहरु सामाजिक सञ्जालमा post गर्दा वा Messenger, Whattsapp, Gmail आदिमा पठाउदा ध्यानदिनुपर्ने कुराहरु

कुनै व्यक्तिगत सूचना, डकुमेन्टहरु वा कार्यालय/विद्यालयका अफिसियल सूचना, बिज्ञापन, आदि सामाजिक सञ्जालमा राख्दा वा अरुलाइ पठाउदा सूचना बाहेक अन्य कुनै नदेखियोस र खिच्दा देखिएको छ भने पनि आवश्यक सूचनाहरू मात्रै प्रस्ट देखिनेगरी क्रप गरेर राख्नु पर्नेमा सूचना नै पढ्न नसकिने, प्रापक कहाँ दिनुपर्ने सूचना, सन्देश प्रष्ट नहुने गरि फोटो टाढाबाट खिचेका कारण मधुरो देखिने र फोटो नजिक रहेका अन्य विभिन्न सामग्रीहरु वा भागहरु समेत देखिने गरेको पाइन्छ । कतिपय व्यक्तिहरुलाइ मैले पटक पटक भनेर प्रष्ट फोटो खिच्न सल्लाह दिएपछि बल्ल काम चलाउ सम्म डकुमेन्टका फोटोहरु पाइएका कयौँ उदाहरणहरु छन् । अहिलेको जमानामा पनि समान्य डकुमेन्टका फोटो सम्म खिच्न पनि समस्या हुन्छ भने कृपया तल भने अनुसार गर्नुहोस् । यो कामका लागि सिप विकास गर्न कुनै तालिम आवश्यक छैन । एक छिन तलका कुराहरुमा ध्यान दिन सकेमा अहिले नै सीप विकास गर्न सकिन्छ ।  

-     📀 मोबाइलको play store बाट CamScanner Camera (CamScanner Camera  जस्तै अन्य Apps खोजेर) डाउनलोड गरी प्रयोग गर्नुहोस् ।

-  📀 मोबाइल र डकुमेन्ट विचको दुरी मिलाउनुहोस् । (कति दुरी राख्ने भन्नेकुरा डकुमेन्टको साइज र मोबाइलको प्रकृति अनुसार फरक हुन सक्दछ ।

    📀फोटो खिच्दा हातमा मोबाइल स्थिर राख्नुहोस् । नहल्लाउनुहोस् ।

-   📀मोबाइल क्यामेराले फोटो खिचेको भएपनि फोटोमा Edit बटनमा गएर आवश्यकता अनुसार crop गर्नुहोस् ।

-   📀 पहिले नै खिचेको फोटो छ भनेपनि CamScanner भित्र रहेको Import Images मा गएर फोटाहरुलाइ राम्रो र प्रष्ट बनाउनुहोस् ।

-   📀  CamScanner भित्र फोटोमा गएर दायाँ छेउमा रहेको More बटनमा क्लिक गरि Edit PDF मा क्लिक गरेर कन्भर्ट गर्ने र Google Drive मा गएर लिंक बनाउनुहोस् ।

-   📀 लिंक बनाउनका लागि  Google Drive भित्र रहेको  Share मा गएर General access मा Restricted रहेको हुन्छ त्यसलाइ anyone with the link मा राखेर लिंक कपि गर्नुहोस् ।

-   📀 कपि गरिएको लिंकलाइ यहाँ पेष्ट गर्नुहोस्  मा क्लिक गरेर Paste Your Google Drive URL को कोठमा Paste गर्नुहोस् ।

-   📀Create Direct Link मा क्लिक गरेपछि तल्लो कोठ Output Link मा देखिएको लिंकलाइ कपि गरेर  सामाजिक सञ्जालको Post मा Paste गर्नुहोस् वा कसैलाइ लिंक नै पठाउनुहोस् । डाउनलोड गरेर सबैले प्रष्ट देख्न सक्दछन् ।

-शिक्षक: लक्ष्मीप्रसाद जोशी (श्री सरस्वती माध्यमिक विद्यालय, बिजगडा बझाङ) 



No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot